बिहिबार, ३२ असार २०८३
आइतबार, ०१ चैत २०८२ · समसामयिक
काभ्रे, चैत १ । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल-खावा सडक खण्ड विस्तार र कालोपत्रे गर्ने कार्यलाई तीव्रता दिन आगामी चैत ८ गतेदेखि २१ गतेसम्म रात्रिकालीन समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
भक्तपुर सडक डिभिजन कार्यालयका अनुसार कालोपत्रेको कामलाई गुणस्तरीय बनाउन बेलुका ६:०० बजेदेखि बिहान ५:०० बजेसम्म भारी चार पाङ्ग्रे सवारी र यात्रुवाहक बस सञ्चालनमा रोक लगाइएको हो।
साथै, निर्माण अवधिभर टिपर र ट्रकहरूलाई भने २४सै घण्टा सञ्चालनमा निषेध गरिएको छ। अघिल्लो ठेकेदारको लापरबाहीले विगत तीन वर्षदेखि अलपत्र परेको यो सडक खण्ड गत कात्तिकमा नयाँ निर्माण व्यवसायीसँग सम्झौता भएपछि विस्तार कार्यले गति लिएको हो। सर्वसाधारणलाई यो अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दै निर्माण कार्यलाई छिटो सम्पन्न गर्ने लक्ष्य राखिएको जनाइएको छ।
कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
४ घण्टा अगाडि