शुक्रबार, ०४ वैशाख २०८३
आइतबार, २४ फागुन २०८२ · राजनीति
धादिङ, फागुन २४ । धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङ भारी मतान्तरले विजयी भएकी छन्। उनले कुल ३९,१२१ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछि पारिन्।
उनका निकटतम प्रतिस्पर्धी भुमी त्रिपाठीले १५,०३० मत र राजेन्द्रप्रसाद पाण्डेले १४,७०९ मत प्राप्त गरे भने कृष्ण रिजालको पक्षमा १०,१७५ मत पर्यो। तामाङले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा २४,०९१ बढी मत ल्याएर शानदार जित दर्ता गरेकी हुन्।