बिहिबार, ०३ वैशाख २०८३
शनिबार, १४ चैत २०८२ · राजनीति
काठमाडौँ चैत १४
नेकपा एमालेको आकस्मिक सचिवालय बैठक अहिले सुरु हुन लागेको छ। बैठकमा सहभागी हुन नेताहरू आउनेक्रम जारी छ। बैठकमा भाग लिन आउनुभएका नेकपा एमालेका सचिव महेश बस्नेतले अब देशभर आन्दोलन हुने जनाउनुभएको छ। बस्नेतले हालै गठन भएको सरकार प्रतिशोधमा उत्रिएको भन्दै एउटा जिल्लामा एउटा स्टेसन बनाएर नेकपा एमालेले सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको हो । उहाँले भदौ २३ र २४ को आन्दोलनका रचनाकारका रूपमा हालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुदन गुरुङ भएको आरोप लगाउनुभएको छ। साथै प्रधानमन्त्री बालेन र गृहमन्त्री सुदन गुरुङहरूका स्टाटसले सिंहदरवार जलेको, डिस्कोर्डमा उहाँहरुले गरिएको आह्वानले गर्दा अपराधिक गतिविधि भएको तथा राष्ट्रिय सम्पदा हरु ध्वस्त भएको, प्रहरी चौकीहरू जलेको प्रहरीहरू मारिएको आरोप लगाउनु भएको छ।
उहाँले कार्की आयोगबारे टिप्पणी गर्दै कार्की आयोग बदनियत पूर्ण तरिकाले गठन गरिएको कारणले कार्की आयोगको प्रतिवेदन विरोधाभास पूर्ण भएको, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लापरवाही गरेको उल्लेख गर्दै कारबाहीको लागि सिफारिस गरेकोमा उहाँले कडा आपत्ति जनाउनुभयो।