logo-image

बिहिबार, ०३ वैशाख २०८३

दुबई अन्तर्राष्ट्रिय बिमानस्थल बन्द, उडान अवतरण प्रभावित

सोमबार, ०२ चैत २०८२ · अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय बिमानस्थल बन्द, उडान अवतरण प्रभावित


दुबई,  चैत, २ । ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी पछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द भएको छ ।

यात्रु र कर्मचारीको सुरक्षाका  लािग उडानहरू स्थगित भएको दुबई बिमानथलले जनाएको छ । फेब्रुअरीको अन्तिमतिर अमेरिका–इजरायल र इरानबीच युद्ध सुरू भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल यात्रुका लागि विश्वकै सबैभन्दा व्यस्त हवाई अड्डा थियो । बीबीसीका अनुसार सन् २०२५ मा यहाँ झण्डै नौ करोड यात्रुले यात्रा गरेका थिए ।

फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेका छन् । यस्ता आक्रमणमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालयहरु परेका छन् ।