बिहिबार, ०३ वैशाख २०८३
बुधबार, २७ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २६ । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै सहभागी ५७ दलमध्ये ६ वटा दलले मात्रै संसदमा प्रवेश पाउने भएका छन्।
निर्वाचन आयोगका अनुसार कुल १ करोड ७० लाख ३९ हजार ११५ सदर मतमध्ये ३ प्रतिशतको न्यूनतम 'थ्रेसहोल्ड' कटाउन नसक्दा ५१ वटा दल संसदीय प्रक्रियाबाट बाहिरिएका छन्।
यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख ३ हजार ९२३ मतका साथ पहिलो स्थानमा रहेको छ भने नेपाली कांग्रेस १७ लाख ४९ हजार ५८३ मतसहित दोस्रो र नेकपा एमाले १४ लाख ४ हजार ८५४ मतसहित तेस्रो स्थानमा रहेका छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै ३ प्रतिशतको कानुनी सीमा पार गरी संसदमा सिट सुरक्षित गरेका छन्। देशभरलाई एउटै निर्वाचन क्षेत्र मानिने यस प्रणालीमा न्यूनतम मत पुर्याउन नसक्ने बाँकी ५१ दलका उम्मेदवारहरू यसपटक प्रतिनिधिसभामा पुग्न असफल भएका छन्।