logo-image

शनिबार, २० भदौ २०८३

झापा-५ मा बालेन शाहको ऐतिहासिक जित: केपी ओली ४९ हजार मतान्तरले पराजित

शनिबार, २३ फागुन २०८२ · राजनीति

झापा-५ मा बालेन शाहको ऐतिहासिक जित: केपी ओली ४९ हजार मतान्तरले पराजित

झापा, फागुन २३ । 'इपिसेन्टर' मानिएको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका शाहले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्तब्ध पार्दै जित हासिल गरेका हुन्।

निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार शाहले ६८,३४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ओली १८,७३४ मतमा खुम्चिएका छन्। शाहले ओलीलाई ४९,६१४ को विशाल मतान्तरले पराजित गरेका हुन्।

काठमाडौँ महानगरपालिकाको पूर्व-नगरप्रमुखको अनुभव बोकेका शाह रास्वपाका वरिष्ठ नेता समेत हुन्। आफ्नै 'लालकिल्ला' मानिने क्षेत्रमा ओलीको यो पराजयलाई नेपाली राजनीतिको एक अविश्वसनीय र युगान्तकारी मोडका रूपमा हेरिएको छ।