logo-image

शुक्रबार, ०४ वैशाख २०८३

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद भोलि सकिँदै, प्रतिवेदन बुझाउन प्रधानमन्त्रीसँग समय माग

शनिबार, २३ फागुन २०८२ · राजनीति

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद भोलि सकिँदै, प्रतिवेदन बुझाउन प्रधानमन्त्रीसँग समय माग

काठमाडौ, फागुन २३ । भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनमा भएको दमन र विध्वंसबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले भोलि आइतबार सरकारलाई आफ्नो प्रतिवेदन बुझाउने भएको छ। विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको नेतृत्वमा गठित आयोगले प्रतिवेदनको अन्तिम तयारी सकेर सिंहदरबारस्थित कार्यालयमा रुजु गर्ने काम गरिरहेको छ।

गत असोज ५ गते तीन महिनाको म्यादसहित गठित यस आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारी सदस्य रहेका छन्। निर्वाचनका कारण सुरक्षा जोखिम हुन सक्ने भन्दै सरकारले पटक–पटक म्याद थप गरेपछि भोलि आइतबार अन्तिम म्याद सकिनुअघि नै प्रतिवेदन बुझाउन लागिएको हो। प्रधानमन्त्रीसँग समय माग गरिएको र समय उपलब्ध हुनासाथ प्रतिवेदन हस्तान्तरण गरिने आयोगका एक पदाधिकारीले बताएका छन्।