बिहिबार, ०३ वैशाख २०८३
सोमबार, ०२ चैत २०८२ · अन्तर्राष्ट्रिय
काठमाडौँ, चैत २
इजरायल-अमेरिका र इरानको युद्ध भइरहेको अवस्थामा इरानले विश्वको एउटा महत्त्वपूर्ण टेल निर्यात गर्ने स्थल स्ट्रेट अफ हर्मुजमा तेल ढुवानी गर्न अवरोध गरेपछि त्यस अवरोधलाई हटाउन विश्व समुदायसामु गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहलाई जर्मनीले अस्वीकार गरेको छ। जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरेसले स्ट्रेत अफ हर्मुजमा सैन्य कारबाहीको बाट नभई कुटनीतिकको माध्यमबाट समस्या समाधान गर्ने जनाएका हुन्। यसो भन्दै गर्दा उहाँले नेटोको साथ छोड्ने नभई नेटोसँगै रहने कुरा पनि उल्लेख गर्नुभयो। जर्मनीको यस्तो प्रतिक्रियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्का लागेको छ। विकसित घटनाक्रमलाई मध्यनजर गर्दा इरान युद्धमा अमेरिका र इजरायल एक्लिँदै गएको देखिएको छ।