logo-image

आइतबार, १७ जेठ २०८३

चैतका लागि वाणिज्य बैंकहरुले घटाए व्याजदर

आइतबार, ०१ चैत २०८२ · अर्थ

चैतका लागि वाणिज्य बैंकहरुले घटाए व्याजदर

काठमाडौं, चैत १ । 

वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर फागुन महिनामा ४.५६ प्रतिशत रहेकोमा चैतमा घटेर ४.४९ प्रतिशतमा झरेको छ। यसरी औसत ब्याजदर ०.०७ प्रतिशत बिन्दुले घटेको हो।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन्। संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर पनि चैतमा ०.०३ प्रतिशत बिन्दुले घटेको छ।

चैत महिनाका लागि सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक नेपाल बैंक लिमिटेड रहेको छ। यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशत बिन्दुले घटाएको हो।

त्यस्तै कृषि विकास बैंक लिमिटेड, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, कुमारी बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेडग्लोबल आइएमई बैंक लिमिटेड ले पनि चैत महिनाका लागि ब्याजदर घटाएका छन्।

चैत महिनाका लागि कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.१५ प्रतिशत ब्याजदर कायम गरेको छ, जुन फागुनमा ४.२५ प्रतिशत थियो। स्ट्यान्डर्ड चार्टर्ड बैंकले चैतका लागि ४.११ प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने फागुनमा ४.२५ प्रतिशत थियो।

नेपाल बैंकले चैतका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ, जुन फागुनमा ५.१ प्रतिशत थियो। त्यस्तै कुमारी बैंकले चैतका लागि ४.१२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ, जबकि फागुनमा ४.४३ प्रतिशत थियो।

ग्लोबल आइएमई बैंकले चैत महिनाका लागि ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ, जुन फागुनमा ४.७५ प्रतिशत थियो। प्राइम कमर्सियल बैंकले चैतका लागि ४.१५ प्रतिशत ब्याजदर घोषणा गरेको छ, जबकि फागुनमा ४.२५ प्रतिशत थियो।

चैत महिनाका लागि नेपाल एसबिआई बैंक ले ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ। फागुनमा पनि सोही दरमा ब्याजदर कायम थियो। त्यस्तै एभरेष्ट बैंक लिमिटेडसिद्धार्थ बैंक लिमिटेड ले पनि चैतका लागि ४.२५ प्रतिशत ब्याजदर कायम गरेका छन्, जुन फागुन महिनामा पनि सोही दरमा थियो।

त्यस्तै चैत महिनाका लागि माछापुच्छ्रे बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड, सानिमा बैंक लिमिटेडनेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ले चैतका लागि ४.५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। यी बैंकहरूले फागुन महिनामा पनि व्यक्तिगत मुद्दती निक्षेपमा सोही दरको ब्याजदर तोकेका थिए।

त्यसैगरी चैत महिनामा प्रभु बैंक लिमिटेडनबिल बैंक लिमिटेड ले ४.५५ प्रतिशत ब्याजदर तोकेका छन्। फागुन महिनामा पनि यी दुई बैंकको ब्याजदर सोही दरमा थियो।

त्यस्तै चैत महिनाका लागि हिमालयन बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक लिमिटेडएनएमबी बैंक लिमिटेड ले व्यक्तिगत मुद्दती निक्षेपमा ५ प्रतिशत ब्याजदर तोकेका छन्। फागुन महिनामा पनि यी बैंकहरूको ब्याजदर ५ प्रतिशत नै रहेको थियो।

– न्यूज एजेन्सी नेपाल