logo-image

बिहिबार, ०३ वैशाख २०८३

चुनावी समीक्षा बैठकमै ढलेका एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन

बिहिबार, २८ फागुन २०८२ · राजनीति

चुनावी समीक्षा बैठकमै ढलेका एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन

पोखरा, फागुन २८ ।  नेकपा (एमाले) कास्कीका इन्चार्ज एवं पूर्वमेयर कृष्ण थापाको बिहीबार निधन भएको छ। पार्टी कार्यालयमा आयोजित निर्वाचन समीक्षा बैठकमा सम्बोधन गर्दागर्दै अचानक ढलेका थापाको हृदयघातका कारण निधन भएको हो।

एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालका अनुसार कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठकमा थापाले करिब १० मिनेट मन्तव्य राखेका थिए। बोल्ने क्रममै उनी अचानक बेहोस भएर ढलेपछि तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।