logo-image

आइतबार, १७ जेठ २०८३

चलचित्र ’जिरो डिग्री’ मा नायिका सनिशा भट्टराईको इन्ट्री

शुक्रबार, ०८ फागुन २०८२ · मनोरञ्जन

चलचित्र ’जिरो डिग्री’ मा नायिका सनिशा भट्टराईको इन्ट्री

छायाङ्कनमा निस्कने तयारीमा रहेको चलचित्र ’जिरो डिग्री’मा मुख्य नायिकाको रूपमा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । निर्माण पक्षले चलचित्रको मुख्य महिला पात्रको भूमिकाका लागि सनिशालाई चयन गरेको हो । 
हालै मात्र ’अरे हो नेता जी’ बोलको व्यङ्ग्यात्मक गीत सार्वजनिक गरेर चर्चा बटुलेको यस चलचित्रमा अब सनिशाको प्रवेशसँगै कलाकारहरूको लाइनअप थप बलियो बनेको छ । रङ्गमञ्च तथा चलचित्रमा सशक्त अभिनयका लागि परिचित अभिनेता विजय बराल मुख्य भूमिकामा रहेको यस चलचित्रमा अब सनिशा र विजयको जोडीलाई पर्दामा देखिने हो वा अन्य भूमिका त्यो भने खुलाइएको छैन ।