logo-image

बिहिबार, ०३ वैशाख २०८३

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट

बुधबार, ०६ फागुन २०८२ · अर्थ

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्र्र्रिय शैक्षिक प्रयोजनको भुक्तानीहरूको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ । बैंकले अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरूको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा छुट पाइने भएको हो ।
बैंकले नेपाली विद्यार्थीहरूलाई विशेष गरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरू जस्तै आइइएलटिएस, टोफल, स्याट, जिम्याट, पिटिई, एसिटी, एसिसिए, युएसएमएलई, कलेज फि, भिषा शुल्क, बीमा शुल्क लगायतका विभिन्न सेवा वापतको भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशतको छुट प्रदान गर्नेछ । यो योजना अन्तर्गतको छुट जुलाई ३१, २०२६ सम्म लागु हुनेछ ।
ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले उक्त सेवा आफ्ना ११७ वटा शाखामार्फत विस्तार गरेको छ । यो योजना अन्तर्गतको छुट तथा सेवा उपलब्ध हुने बैंकका शाखा कार्यालयहरू सम्बन्धी विवरण बैंकको वेबसाइटमा उपलब्ध छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । 
बैंकले हाल सबै क्षेत्रमा गरी तीन सय ५२ वटा शाखा कार्यालय, तीन सय ८५ वटा एटिएम, एक सय ४७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।