सोमबार, १८ जेठ २०८३
आइतबार, २४ फागुन २०८२ · समसामयिक
काठमाडौं, फागुन २४ । गत भदौ २३ र २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले आज आफ्नो प्रतिवेदन बुझाउँदैछ। प्रतिवेदन लिएर प्रतिनिधिहरू सिंहदरबार प्रधानमन्त्री कार्यालय पुगेका छन् । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गर्ने तयारी रहेकाे छ।
प्रतिवेदन बुझेलगत्तै बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिवेदनमाथि प्रारम्भिक अध्ययन गर्नेछ। आयोगले गरेको सिफारिसका आधारमा दोषी ठहरिएका व्यक्तिहरूलाई के-कस्तो कानुनी कारबाही गर्ने भन्नेबारे सरकारले सोही बैठकबाट ठोस निर्णय लिने बताइएको छ।
लामो समयको प्रतीक्षापछि सार्वजनिक हुन लागेको यो प्रतिवेदन र यसले औंल्याउने तथ्यहरूलाई निकै चासोका साथ हेरिएको छ। प्रतिवेदन कार्यान्वयनपछि उत्पन्न हुन सक्ने राजनीतिक र सामाजिक प्रतिक्रियालाई समेत अर्थपूर्ण रूपमा लिइएको छ।