logo-image

शनिबार, ०५ वैशाख २०८३

गगन थापाको राजिनामा

बिहिबार, ०५ चैत २०८२ · राजनीति

गगन थापाको राजिनामा

काठमाडौं, चैत ५
नेपाली कांग्रेसका सभापति गगन थापाले गत निर्वाचनमा बेहोरेको हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा बुझाएका छन्। स्रोतका अनुसार थापाले उपसभापति विश्व प्रकाश शर्मा सामु राजिनामा बुझाएका हुन्। हालसालै भएको संसदीय निर्वाचनको क्रममा नेपाली कांग्रेसले नराम्रो हार बेहोरेको थियो। नेपाली कांग्रेसको ठूलो पंक्ति गगन थापाको पक्षमा उभिँदै राजीनामा दिन नहुने सुझाव दिँदादिँदै थापाको राजिनामा आएको हो। स्रोतले दाबी गरे अनुसार भोलि बस्ने केन्द्रीय समितिको बैठकले गगन थापाको राजीनामा अस्वीकृत गरिने जनाएको छ।