logo-image

बुधबार, २८ असोज २०८३

खाडी क्षेत्रमा चर्किएको तनावमा पूर्व पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले  ब्यक्त गरे चिन्ता

आइतबार, १७ फागुन २०८२ · राजनीति

खाडी क्षेत्रमा चर्किएको तनावमा पूर्व पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले  ब्यक्त गरे चिन्ता

काठमाडौं,फागुन १७ ।
पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खाडी क्षेत्रमा चर्किएको तनावलाई लिएर चिन्ता ब्यक्त  गरेका छन् । अमेरिका र इरानबीचको वार्ता भङ्ग भएसँगै उत्पन्न परिस्थितिले समग्र मध्यपूर्व अस्थिर बन्न सक्ने उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । 
तनाव तीव्र बन्दै जाँदा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको तथा प्रत्युत्तरमा इरानले यूएई, कतार, कुवेत, बहराइन, जोर्डन, इराक र साउदी अरबमा रहेका अमेरिकी सुरक्षा बेस तथा अन्य संरचनालाई निशाना बनाएको छ । यस घटनाक्रमले क्षेत्रीय युद्धको सन्त्रास बढाएको ज्ञवालीले बताएका छन् ।