बिहिबार, ०३ वैशाख २०८३
आइतबार, ०१ चैत २०८२ · राजनीति
काठमाडौं, चैत १ । निर्वाचन गराउने जिम्मेवारी सहित गठन भएको सु्शीला कार्कीको सरकारले सफल रुपमा निर्वाचन सम्पन्न गरेपछि बाहिरिने क्रममा भने विवादास्पद निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेकी छन् ।
त्यस्तै, आइतबार नै बसेको बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई पाँच वर्षका लागि उक्त पदमा मनोनीत गरेको हो । ऐनबहादुर शाहीले राजीनामा दिएपछि उक्त पद खाली थियो ।