logo-image

सोमबार, १८ जेठ २०८३

कपनस्थित बालुवाखानी नगर अस्पताल नजिकै एक पुरुषको शव फेला

सोमबार, २५ फागुन २०८२ · समसामयिक

कपनस्थित बालुवाखानी नगर अस्पताल नजिकै एक पुरुषको शव फेला

काठमाडौं, फागुन २५ । बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बालुवाखानी नगर अस्पताल नजिकै एक पुरुषको शव फेला परेको छ। अस्पताल नजिकैको झ्याङमा अन्दाजी ४० वर्षका पुरुष आइतबार मृतावस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार ती पुरुषको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन। बालुवाखानी नगर अस्पताल नजिकैको झ्याङमा शव भेटिएपछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएको छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान जारी छ।

ताजा समाचार