बिहिबार, १८ भदौ २०८३
सोमबार, २३ चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र २३ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई गैरकानुनी दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदैछ।
न्यायाधीशद्वय विनोड शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबार समय अभावका कारण निष्कर्षमा पुग्न नसकेको उक्त बहस आज पुनः सुरु भएको हो। निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले यो गिरफ्तारीको कुनै पनि संवैधानिक र कानुनी आधार नभएको भन्दै तत्काल रिहाइको माग गरिरहेका छन्।
आजको इजलासमा सरकारी वकिलहरूले सरकारको तर्फबाट प्रतिरक्षा बहस गर्नेछन् भने त्यसपछि निवेदक पक्षले जवाफी बहस गर्ने कार्यतालिका छ। गत चैत १४ गते शनिबार पक्राउ परेका ओली र लेखकलाई अदालतले हिजो मात्रै तेस्रो पटक म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको थियो।