logo-image

बुधबार, ३१ असार २०८३

ओलीले आज दमक र गौरीगञ्जका मतदातासँग भेटघाट गर्ने

बुधबार, १३ फागुन २०८२ · राजनीति

ओलीले आज दमक र गौरीगञ्जका मतदातासँग भेटघाट गर्ने

झापा, फागुन १३ । नेपाल कम्युनिष्ट पार्टि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचन क्षेत्र झापा ५ मा दमक र  दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँग भेटघाट गर्ने भएका छन् । 
दमक ९ को चिया दोकानमा  करिब  साढे  मतदाता भेटघाट कार्यक्रम तय गरिएको छ । त्यसपछि गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलका मतदातालाई भेटघाट गर्ने कार्यक्रम छ। बिहान ११ बजे देखि सुरु हुने गौरीगञ्जको कार्यक्रम अपराह्न ५ बजे सकिनेछ । यसबीचमा उनले गौरीगञ्ज ५ को श्यामा टोली, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी र नयाँ बजारका मतदातासँग भेटघाट  गर्न भएका छन् ।