logo-image

बिहिबार, ०३ वैशाख २०८३

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

बिहिबार, ०७ फागुन २०८२ · राजनीति

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भ प्राथमिकतामा

नेकपा एमालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले बिहिबार प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा एमालेले गरेको र गर्ने कामको फेहरिस्त प्रस्तुत गरिएको छ । लोडसेडिङ अन्त्य, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगायतका काम आफूले गरेको दाबी एमालेको रहेको छ । घोषणापत्र मार्फत एमालेले तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई प्राथमिकतामा राखेको छ ।
चुनावी घोषणापत्रमा एमालेले विघटित प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकहरू नयाँ संसद् आएको तीन महिनाभित्र पारित गर्ने प्रतिबद्धता जनाएको छ । ‘अघिल्लो संसद्कालमा विचाराधीन रहेका विधेयकहरू नयाँ प्रतिनिधिसभाको बैठक बसेको तीन महिनाभित्र पारित गर्नेछौं’ एमालेले बिहीबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उल्लेख छ ।  
२१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनबाट आउने प्रतिनिधिसभाको बैठक बसेको तीन महिनाभित्र विघटित प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकहरू पारित गर्ने प्रतिबद्धता एमालेले जनाएको हो ।