logo-image

बिहिबार, २९ असोज २०८३

एक घण्टा रोकिएपछि सर्लाही–४ मा पुन  मतदान सुरु, के  के भयो ?

बिहिबार, २१ फागुन २०८२ · राजनीति

एक घण्टा रोकिएपछि सर्लाही–४ मा पुन   मतदान सुरु, के  के भयो ?


काठमाडौं, फागुन २१ । केही समयका लागि स्थगन भएको सर्लाही–४ अन्तर्गत बलरा नगरपालिका–जब्दीस्थित श्री प्रावि मतदान केन्द्रमा अहिले पुनः मतदान सुरु भएको छ।
एक जना वृद्ध मतदाताले आफन्तबाहेक अन्य व्यक्तिको सहयोगमा मतदान गर्ने प्रयास गरेपछि पोलिङ एजेन्टबीच विवाद भएको थियो। करिब एक घण्टा स्थगन भएपछि सुरक्षाकर्मी र निर्वाचन कर्मचारीको पहलमा मतदान पुनः सुरु गरिएको हो ।