शुक्रबार, ०४ वैशाख २०८३
शुक्रबार, २२ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २२
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् । काठमाडौँ क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डेबाट घिसिङ पराजित भएका हुन् ।
यस क्षेत्रमा रास्वपाका पाण्डेले १८ हजार सात सय ५७ मत ल्याएर विजयी भएकाछन् । प्रतिस्पर्धी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार एक सय ७१ मत ल्याएका छन् । राजुनाथ पाण्डेसँग कुलमान सात हजार पाँच सय ८६ मतले पराजित भएका हुन् ।