शुक्रबार, ०४ वैशाख २०८३
आइतबार, २४ फागुन २०८२ · राजनीति
इलाम, फागुन २४ । इलाम-२ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी भएका छन्।
उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यलाई फराकिलो मतान्तरले पराजित गरे। निर्वाचन आयोगको अन्तिम परिणाम अनुसार नेम्बाङले २७,७७२ मत प्राप्त गर्दा आचार्यले २१,९९६ मत पाएका थिए।
त्यसैगरी, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम र रास्वपाका मिलन लिम्बु क्रमशः तेस्रो र चौथो स्थानमा रहे।