logo-image

बुधबार, २८ असोज २०८३

आज राती १२ बजेबाट मौन अवधि सुरु, निर्वाचनका लागि तिन दिन बाँकि

सोमबार, १८ फागुन २०८२ · राजनीति


काठमाडौं, फागुन १८ । निर्वाचनका लागि अब तिन दिन मात्रै बाँकि छ । त्यसैले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुन लागेको छ । 
मौन अवधि राति १२ बजबाट सुरु भएर मतदान नसकिएसम्म लागु हुन्छ । चुनावी प्रचार प्रसारका लागि राजनीतिक दलहरुका लागि आज अन्तिम दिन हो । मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्दै  भोट माग्न पाइँदैन । 
अब मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइदैन ।
साथै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न पर्न आज राती १२ बजेबाट पाइदैन ।