बिहिबार, ३२ असार २०८३
बुधबार, ०४ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत ४ । आज काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइदैछ । यो अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।
आज टुँडिखेलमा मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्ने गरिन्छ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति हुन्छ । आजकै दिन ललितपुरमा पनि एउटा आँखा नदेख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा पनि छ ।
लोककथन अनुसार, परापूर्वकालमा टुँडिखेलको पूर्व-दक्षिणमा रहेको रूखमा 'गुरुमापा' नामक राक्षसले बालबालिकालाई दुःख दिने गर्थ्यो। स्थानीयले त्यसको संहार गरे पनि उसको प्रेतात्मा ब्युँतिएर पुनः अनिष्ट गर्न सक्ने भय बाँकी नै थियो। त्यसैले, गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने प्रतीक स्वरूप प्रत्येक वर्ष यो जात्रा मनाउने गरिन्छ। बालबालिकाको सुरक्षाका लागि आजै राति उक्त रूखको फेदमा गुरुमापालाई बलि र भोज खुवाउने परम्परा समेत रहेको छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।
कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
५ घण्टा अगाडि