logo-image

बुधबार, २८ असोज २०८३

आइतबार काठमाडौंमा कांग्रेसको ६ स्थानामा चुनावी सभा, सभापति गगनको संवोधन

आइतबार, १७ फागुन २०८२ · राजनीति

आइतबार काठमाडौंमा कांग्रेसको ६ स्थानामा चुनावी सभा, सभापति गगनको संवोधन

काठमाडौं,फागुन १७ । नेपाली कांग्रेसले आइतबार काठमाडौंमा आयोजना गरेको ६ वटा चुनावी सभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् ।
दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरको सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्ने तय भएको छ । किर्तिपुरमा नेपाली कांग्रेसले जिल्ला सदस्य हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ। 
त्यस्तै दिउँसो २ बजे भक्तपुरको ठिमीमा हुने कांग्रेसको चुनावी सभामा पार्टी उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने तय भएको छ । भक्तपुर २ मा कांग्रेसबाट पत्रकार कबिर राणा उम्मेदवार छन्। 
त्यस्तै काठमाडौं–२ को पेप्सीकोला टाउनप्लानिङको सभामा उपसभापति शर्माले सम्बोधन गर्ने  तय भएको छ । जहाँ कबिर शर्मा कांग्रेसका उम्मेदवार छन्।
काठमाडौं–७ मा हुने दिउँसो ३ बजेको सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्ने भएका छन् । बालाजुमा प्रमोदहरि गुरागाईं कांग्रेसका उम्मेदवार छन्।
दिउँसो ३ः३० बजे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा हुनेछ।
काठमाडौं ५ मा महामन्त्री प्रदीप पौडेल र काठमाडौं ६ मा जिल्ला सभापति कृष्णसबुज बानिया उम्मेदवार छन् । संयुक्त सभालाई थापा र चालिसेले सम्बोधन गर्नेछन् । 

यस्तै दिउँसो ४ बजे काठमाडौं क्षेत्र नम्बर ४ को बालुवाखानीमा हुने कांग्रेसको चुनावी सभामा सभापति थापाले सम्बोधन गर्ने तय भएको छ । बालुवाखानीमा सचिन तिमल्सेना उम्मेदवार छन्।