शनिबार, २० भदौ २०८३
शनिबार, २३ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २३
अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिप्रसाद भुसाल विजयी भएका छन् । उनी ३५ हजार २३ मतका साथ विजयी भएका हुन् । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसाल भन्दा १२ हजारभन्दा बढी मतान्तरले उनी विजयी भएका हुन् ।
सो क्षेत्रमा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालले २२ हजार ६ सय ४९ मत ल्याएका थिए भने नेपाली कांग्रेसका विष्णुप्रसाद खनालले १८ हजार नौं सय ८३ र नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहानले तीन हजार आठ सय ४७ मत प्राप्त गरेका थिए ।