logo-image

शनिबार, २० भदौ २०८३

अन्तिम सिटमा नेकपा एमाले विजय

सोमबार, २५ फागुन २०८२ · राजनीति

अन्तिम सिटमा नेकपा एमाले विजय

काठमाडौं, फागुन २५
प्रतिनिधि सभा २०८२ अन्तिम सिट नेकपा एमालेको भागमा परेको छ। संखुवासभा १ बाट नेकपा एमालेका उम्मेदवार डा.अर्जुन कुमार कार्की विजयी हुनुभएको छ। निकै कडा प्रतिस्पर्धामा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिङमा शेर्पालाई पराजित गर्नुभएको हो। डा. कार्कीले सुरुवातदेखि नै अग्रता लिनुभएतापनि मतान्तर भने निकै कम रहेको थियो। डा. कार्कीले १५,६३६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिङमा शेर्पाले १५,००० मत प्राप्त गर्नुभयो। डा. कार्की अमेरिकाको लागि नेपाली राजदूत समेत रहिसक्नुभएको छ भने उहाँ गैरसरकारी संस्थामा आबद्ध भई एनजीओ फेडरेसनको अध्यक्ष समेत रहिसक्नुभएको छ। यो जितसँगै नेकपा एमालेको सिट सङ्ख्या ९ पुगेको छ।