बिहिबार, ०३ वैशाख २०८३
शुक्रबार, २९ फागुन २०८२ · राजनीति
काठमाडौँ, फागुन २९
नेकपा एमालेका नेता केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको आज बिहान निधन भएको छ। केही समय अगाडिदेखि अस्वस्थ रहेका ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो। उनको पार्थिव शरीरलाई ओली निवास गुन्दु लैजाने र दिउँसो पशुपति आर्यघाट लगी दाहा संस्कार गरिने जनाइएको छ।