logo-image

मङ्गलबार, ०५ साउन २०८३

भक्तपुरको गेस्ट हाउसबाट खसेर युवतीको मृत्यु, चार जना नियन्त्रणमा

सोमबार, ०४ साउन २०८३ · समसामयिक

भक्तपुरको गेस्ट हाउसबाट खसेर युवतीको मृत्यु, चार जना नियन्त्रणमा

 

भक्तपुर, साउन ४ ।  भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित लुम्बिनी गेस्ट हाउसबाट खसेर एक १८ वर्षीया युवतीको मृत्यु भएको छ।

दोलखा घर भई हाल चाँगुनारायण नगरपालिका–९ टेडोल बस्दै आएकी सलिना श्रेष्ठको गेस्ट हाउसको झ्यालबाट खसेर मृत्यु भएको हो। प्रहरीका अनुसार सोमबार बिहान करिब ३ बजेको समयमा उनी गेस्ट हाउसको झ्यालबाट खसेको अवस्थामा फेला परेकी थिइन्।

गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल पुर्‍याइएकी श्रेष्ठलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

घटना लगत्तै प्रहरीले उनीसँगै गेस्ट हाउसमा रहेका चार जनालाई नियन्त्रणमा लिएको छ। घटनाको प्रकृति शंकास्पद रहेको र नियन्त्रणमा लिइएकाहरूसँग सोधपुछ तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Image : AI