शुक्रबार, ०९ असोज २०८३
शुक्रबार, ०९ असोज २०८३ · समसामयिक
सप्तरी, असोज ९ । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। शुक्रबार दिउँसो २:१५ बजे गरिएको मापनअनुसार ब्यारेजबाट प्रतिसेकेन्ड २ लाख ४० हजार ५५५ क्युसेक पानीको बहाव रहेको छ।
चतरामा समेत नदीको बहाव निरन्तर बढिरहेको जनाउँदै बाढी पूर्वानुमान महाशाखाले सप्तकोशीको तल्लो तटीय क्षेत्र तथा डुबानको जोखिम रहेका स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
कोशी परियोजनाका अनुसार नदीको बहाव बढेसँगै भारतको बिहारतर्फका तटीय क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ। नदीको बहाव र अवस्था निरन्तर परिवर्तन हुन सक्ने भएकाले ब्यारेजका ढोका र पानीको बहावसम्बन्धी विवरण शुक्रबार दिउँसो २:१५ बजेसम्मको मापनमा आधारित रहेको जनाइएको छ।