logo-image

बुधबार, १७ असार २०८३

मूल्य घट्दा व्यवसायीको मनपरी, पम्पहरूमा लाग्यो सवारीको लामो लाइन

बुधबार, १७ असार २०८३ · समसामयिक

मूल्य घट्दा व्यवसायीको मनपरी, पम्पहरूमा लाग्यो सवारीको लामो लाइन

 

काठमाडौं, असार १७ । सरकारले आजैदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा ठूलो कटौती गरेसँगै बजारमा अधिकांश पेट्राेल पम्पहरू बन्द भएका छन्। सरकारले आजदेखि लागू हुने गरी विभिन्न वर्ग अनुसार प्रतिलिटर २० रुपैयाँदेखि ३० रुपैयाँसम्म मूल्य घटाउने निर्णय गरेको छ।

तर, मूल्य घटेलगत्तै बजारमा अधिकांश पेट्रोल पम्पहरूले प्राविधिक कारण र स्टकको बहाना बनाउँदै बिक्री रोकेर पम्प बन्द गरेका छन्। पम्पहरू बन्द भएपछि र केही खुल्ला रहेका सीमित पम्पहरूमा इन्धन भर्नका लागि सर्वसाधारणको अत्यधिक भिड बढेको छ भने सवारीसाधनको लामो लाइन लागेको छ।

मूल्य घट्ने बित्तिकै बजारमा एकाएक इन्धन अभाव हुनुले व्यवसायीको नियतमाथि गम्भीर प्रश्न उठाएको छ। यदि इन्धन पर्याप्त मौज्दात हुँदाहुँदै मूल्य घटेको बहानामा बिक्री रोकिएको हो भने यसले सर्वसाधारणलाई अनावश्यक दुःख दिने काम मात्र होइन, उपभोक्ताको अधिकारमाथि पनि सिधा प्रहार गर्छ। सरकारको राहत निर्णय लगत्तै सञ्चालकहरूले देखाएको यस्तो गैरजिम्मेवार व्यवहारले उपभोक्ताहरू मर्कामा परेका छन्।

ताजा समाचार