काठमाडौं, साउन १३ । काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट साउन १२ गते सशस्त्र प्रहरीले ठुलो परिमाणको लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरुमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार शाह, बारा जिल्लाको कलैया–५ घर भएका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी थान–६ बस्ने २४ वर्षीय दिपक राई छन् ।
उनीहरूले लागूऔषध भारतबाट अवैध रुपले ल्याई बेचबिखन गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा एपीएफ इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको हो । त्यसबेला सो टोलीले उनीहरूको साथबाट ट्रामाडोल नामक लागूऔषध १ लाख २० हजार क्याप्सुल, बिएसी ७०१७ नम्बर एउटा हात्ती गाडी, बागमती प्रदेश ०१–०२०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन वटा मोबाइल र केही नेपाली रूपैयाँ बरामद गरेको हो ।