logo-image

बिहिबार, १४ जेठ २०८३

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व ‘बकर इद’ आज

बिहिबार, १४ जेठ २०८३ · जीवनशैली

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व ‘बकर इद’ आज

 

काठमाडौँ  जेठ १४ ।  मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बिहीबार देशभरका मस्जिद तथा इदगाहमा हर्षोल्लासपूर्वक मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा यो पर्व मनाउने धार्मिक विधि छ ।

आज बिहानै मुस्लिम धर्मावलम्बीहरूले स्नान गरी नजिकैको मस्जिद वा खुला चौर (इदगाह) मा भेला भई सामूहिक नमाज पढेका छन् । नमाज सकिएपछि उनीहरूले अङ्कमाल गर्दै एकापसमा शुभकामना आदानप्रदान गरे । यस अवसरमा राजधानीको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका धार्मिक स्थलहरूमा भक्तजनको बाक्लो उपस्थिति छ ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा पैगम्बर इब्राहिमले आफ्ना प्रीय छोरा इस्माएल अलेह सलामलाई बलिदान (कुर्बानी) गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । इब्राहिमको परीक्षाबाट प्रसन्न भई अल्लाहले त्यहाँ मानवको सट्टा स्वर्ग (जन्नत) बाट दुम्बा (भेडाजस्तै जनावर) पठाई त्यसको कुर्बानी भएको मान्यता छ । सोही सम्झनामा आज पनि अल्लाहलाई खुसी पार्न योग्य जनावरको कुर्बानी दिने प्रचलन छ ।यो पर्वको मुख्य उद्देश्य साउदी अरबको मक्का मदिनाको 'हजयात्रा' सँग पनि जोडिएको छ । हज जान नपाएकाहरूले घरमै यो पर्व मनाउँछन् । यो पर्व शनिबारसम्म तीन दिनसम्म मनाइने र तीनै दिन कुर्बानी गर्न मिल्ने धार्मिक विधि छ । बकर इदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

 

ताजा समाचार