logo-image

बिहिबार, २८ साउन २०८३

भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा एक सुकुम्बासीद्वारा आत्महत्या

बिहिबार, २८ साउन २०८३ · समसामयिक

भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा एक सुकुम्बासीद्वारा आत्महत्या

भक्तपुर, साउन २८ ।  भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा बनाइएको होल्डिङ सेन्टरमा एक सुकुम्बासीले आत्महत्या गरेका छन्।

सरकारले उपत्यकाका विभिन्न स्थानमा रहेका अव्यवस्थित बस्तीहरू हटाएपछि प्रभावित सुकुम्बासीहरूलाई उक्त होल्डिङ सेन्टरमा राखिएको थियो। त्यहाँ आश्रित ६० वर्षीय हिरालाल पासवान बिहीबार बिहान आफ्नै कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

टहराहरू भत्किएपछि बिचल्लीमा परेका सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्न सरकार असफल हुँदा उनीहरूमा चरम मानसिक तनाव उत्पन्न भएको छ। यसअघि पनि टहरा हटाउने क्रममा विस्थापित भएका दुई सुकुम्बासीले आत्महत्या गरिसकेका छन्।

पछिल्लो पटक भएको यो घटनाले सरकारको सुकुम्बासी व्यवस्थापनको शैली, उनीहरूको मानसिक स्वास्थ्य तथा समग्र सामाजिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। सरकारले समयमै उचित विकल्प र राहत दिन नसक्दा विस्थापित परिवारहरू थप त्रासदी र निराशामा जीवन बिताउन बाध्य छन्।