logo-image

आइतबार, २१ असार २०८३

ट्रकमा फल्स बटम बनाएर तस्करी गरिएको गाँजा बरामद

आइतबार, २१ असार २०८३ · समसामयिक

ट्रकमा फल्स बटम बनाएर तस्करी गरिएको गाँजा बरामद

काठमाडौं, असार २१ । महोत्तरी जिल्लाको  एकडारा गॉऊपालिका -३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले असार २० गते गाँजा जस्तो देखिने बस्तुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकाहरुमा मकवानपुर जिल्लाको कैलाश गॉऊपालिका-१ बस्ने २३ बर्षिय साधुराम थिङ र सोही  गॉऊपालिका-६ बस्ने २१ बर्षिय विपस नेगी छन । उनीहरूलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बथनाहबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका उनीहरू सो ट्रकको मालिक तथा चालक रहेका छन ।

उक्त टोलीले धनकुटाको भेडेटारबाट महोत्तरीको जलेश्वर हुककदै  पश्चिमको एकडारातर्फ जाँदै गरेको ना ३ ख ६५९२ नम्वरको ट्रकलाई रोक्न खोज्दा नरोकि तिव्र गतिमा भागेको थियो । फरार सो ट्रकलाई सशस्त्र प्रहरीले करिब २ किलोमिटर टाढाबाट नियन्त्रणमा लिएको हो ।

सो गाडीलाई नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीको टोलीले सोधपुछ गर्दा चालकको व्यवहार शंकास्पद  देखेपछि ट्रकमा चेकजाँच गर्दा चालक बस्ने क्याविनको माथिपट्टी फल्स बटन बनाई लुकाई छिपाई राखिएको ३ बन्दल गाँजा जस्तो देखिने वस्तु फेला पारेको हो ।

साथै उनीहरुको साथबाट नेपाली रूपैयाँ, कतारी रियाल, मलेसियन रिङगेट,  मोवाईल थान २ थान तथा ट्रक र मोटरसाईकलको ब्लुबुक समेत  फेला परेको छ ।  नियन्त्रणमा लिईएका दुबैजनालाई आवश्यक कारवाहीको लागी उक्त ट्रक तथा सामानसहित सम्बन्धित निकायमा बुझाउने प्रकृयामा भईरहेको छ ।