मङ्गलबार, २३ असार २०८३
मङ्गलबार, २३ असार २०८३ · समसामयिक
काठमाडौं, असार २३ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसईई (SEE) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ, जसमा परीक्षामा सहभागीमध्ये ८३ हजार ४२३ जना अर्थात् ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्यालका अनुसार नियमित परीक्षामा 'नन ग्रेडिङ' मा परेका १ लाख ४६ हजार ५०७ जना परीक्षार्थीका लागि गत असार १ देखि ७ गतेसम्म पूरक परीक्षा सञ्चालन गरिएको थियो। परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड तथा परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट, एसएमएस, यूएसएसडी र आईभीआर सेवामार्फत आफ्नो नतिजा हेर्नुका साथै सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट समेत डाउनलोड गर्न सक्नेछन्।
साथै, प्रकाशित नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीहरूले असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणका लागि आवेदन दिन सक्ने बोर्डले जनाएको छ। राष्ट्रि
मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु
५ घण्टा अगाडि