logo-image

आइतबार, ११ असोज २०८३

संयुक्त राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन: अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छायो चर्चा

आइतबार, ११ असोज २०८३ · समसामयिक

संयुक्त राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन: अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छायो चर्चा

 

काठमाडौं, असोज ११ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रस्तुत गरेकाे सम्बोधनले अन्तर्राष्ट्रिय जगतमा अभूतपूर्व चर्चा र तरङ्ग पैदा गरेको छ। परम्परागत कूटनीतिक सीमाभन्दा माथि उठेर विश्व व्यवस्थाका दोहोरो मापदण्ड र जलवायु न्यायको पक्षमा उनले राखेको दह्रो विचारले विश्वभरका प्रमुख सञ्चारमाध्यम तथा डिजिटल प्लेटफर्महरूको ध्यान खिचेको छ। 

संयुक्त राष्ट्रसंघको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएका विश्व नेताहरूका सम्बोधनमध्ये प्रधानमन्त्री शाहको भिडियोले ४ लाख ७० हजारभन्दा बढी भ्यूज र हजारौँ सकारात्मक प्रतिक्रिया बटुल्दै डिजिटल स्पेसमा नयाँ प्रभाव छाडेको छ। एसोसिएटेड प्रेस, द गार्जियन, रोयटर्स, द इन्डियन एक्सप्रेस र एनडीटीभीजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत उहाँको मन्तव्यलाई प्रमुख प्राथमिकताका साथ समाचार बनाएका छन्।

यसैक्रममा, भारतको चर्चित सञ्चार माध्यम 'एनडीटीभी प्रोफिट' ले यस वर्षको महासभाका ५ वटा "सबैभन्दा शक्तिशाली भाषणहरू" को सूचीमा फ्रान्स र स्पेनका राष्ट्राध्यक्षहरूसँगै नेपालका प्रधानमन्त्री शाहलाई पनि समेटेको छ।