मङ्गलबार, ०९ भदौ २०८३
मङ्गलबार, ०९ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ ९ । प्रतिनिधिसभाको बैठकमा कालो चस्मा लगाउन पाउने व्यवस्थाका लागि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसद् सचिवालयमा स्वास्थ्य रिपोर्ट दर्ता गराएका छन्।
सभामुख डीपी अर्यालको पूर्व-रुलिङ अनुसार बुझाइएको उक्त रिपोर्टमा प्रधानमन्त्रीको आँखामा 'लाइट सेन्सिटिभिटी' (उज्यालोमा हेर्न कठिन हुने) र सुक्खापनको समस्या रहेको उल्लेख छ। साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालका डा. सचित ढकालले गर्नुभएको परीक्षणका आधारमा चिकित्सकले उहाँलाई नियमित आइड्रप र कालो चस्मा प्रयोगको सिफारिस गरेका हुन्।
यो अनुमतिसँगै प्रधानमन्त्री शाह बुधबार प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार हुने १ घण्टे प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनेछन्, जहाँ ११ जना सांसदले उहाँलाई सीधा प्रश्न सोध्ने कार्यसूची छ।