logo-image

सोमबार, २५ साउन २०८३

प्रधानमन्त्री साह र भारतीय राजदुत श्रीवास्तवबीच भेटवार्ता

सोमबार, २५ साउन २०८३ · समसामयिक

प्रधानमन्त्री साह र भारतीय राजदुत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं, साउन २५ ।   प्रधानमन्त्री बालेन्द्र साह र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ । 
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विविध विषयमा छलफल भएको हो । भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, विकास साझेदारी तथा विभिन्न क्षेत्रमा भइरहेको सहकार्यको समीक्षा गरिएको थियो । उक्त अवसरमा राजदुत श्रीवास्तवले प्रधानमन्त्री साहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउन भारत सदैव प्रतिवद्ध रहेको बताउनु भयो । यस्तै, प्रधानमन्त्री साहले नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । भेटमा दुवै पक्षले द्विपक्षीय सहयोगलाई थप उचाईमा पु¥याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।