logo-image

बिहिबार, १४ जेठ २०८३

अवैध लागूऔषध सहित भक्तपुरबाट एकजना पक्राउ

बिहिबार, १४ जेठ २०८३ · समसामयिक

अवैध लागूऔषध सहित भक्तपुरबाट एकजना पक्राउ

भक्तपुर, जेठ १४ । सूर्यविनायक नगरपालिका-४ हर्षचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ ट्याब्लेट सहित ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-३ घर भएका २२ वर्षीय विराट घलेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।