आइतबार, १० जेठ २०८३
आइतबार, १० जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ १० । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सर्वोच्च छाता संगठन, कम्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) एक नयाँ र महत्वपूर्ण मोडमा प्रवेश गरेको छ । महासंघको इतिहासमै पहिलो महिला अध्यक्ष बनेर कीर्तिमा राखेकी सुनैना घिमिरे पाण्डेले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनको बहिर्गमन पश्चात् वरिष्ठ उपाध्यक्ष एवं नेपालका स्थापित साइबर सुरक्षा अभियन्ता चिरञ्जीवी अधिकारीले बाँकी कार्यकालका लागि आधिकारिक रूपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।
यो उच्च–स्तरीय नेतृत्व परिवर्तन नेपालको तीव्र गतिमा विकास भइरहेको डिजिटल इकोसिस्टमका लागि निकै महत्त्वपूर्ण समयमा भएको छ । यतिबेला नेपालले एकातिर अटोमेसन (स्वचालन) र डिजिटल रुपान्तरणको ठूलो अवसरलाई आत्मसाथ गरिरहेको छ भने अर्कोतिर क्लाउड सेक्युरिटी र भल्नराबिलिटी (सुरक्षा संवेदनशीलता) जस्ता चुनौतीको सामना गरिरहेको छ। यस्तो अवस्थामा राष्ट्रिय डिजिटल नीति र धरातलीय कार्यान्वयनबीचको ठूलो खाडललाई पुर्न प्राविधिक क्षेत्रले अधिकारीको परिपक्व नेतृत्वप्रति ठूलो भरोसा राखेको छ ।
दुई दशकको विरासत: चिरञ्जीवी अधिकारीको संस्थागत यात्रा
महासंघको नेतृत्वमा अधिकारीको आगमन रातारात भएको होइन; यो क्यान महासंघको सांगठनिक संरचनामा उनले पु¥याएको २१ वर्षभन्दा लामो निरन्तर सेवाको परिणाम हो ।
नेपाली प्रविधि उद्योगका आन्तरिक र संरचनागत समस्याहरूलाई उनले नजिकबाट बुझेका छन् । किनभने उनले स्थानीय, प्रादेशिक र राष्ट्रिय समितिहरूमा लगभग हरेक महत्त्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक निभाइ सकेका छन् ।
जात व्यवस्था विरोधी आन्दोलनले फुक्यो विद्रोहको बिगुल
एक घण्टा अगाडि