logo-image

बिहिबार, १९ कात्तिक २०८३

आईजीपी दानबहादुर कार्की पदमुक्त, नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त

बुधबार, १८ कात्तिक २०८३ · राजनीति

आईजीपी दानबहादुर कार्की पदमुक्त, नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त

 

काठमाडौं, कात्तिक १८ । सरकारले नेपाल प्रहरीको नेतृत्वमा फेरबदल गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदमुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार पदमुक्त भएका कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ। सरकारका प्रवक्ताले कार्कीलाई हटाइएको विषय कुनै कारबाही नभई प्रशासनिक जिम्मेवारी हेरफेर मात्र भएको दाबी गरेका छन्।

यसअघि कार्की २०८२ कात्तिक २४ गते नेपाल प्रहरीको ३३औँ महानिरीक्षकमा नियुक्त भएका थिए। कार्यकाल पूरा नहुँदै प्रहरी नेतृत्वमा गरिएको यो फेरबदलले विभिन्न राजनीतिक तथा प्रशासनिक वृत्तमा चासो र चर्चा जन्माएको छ।