बुधबार, १३ जेठ २०८३
बुधबार, १३ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ १३ । सरकारले निजी स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुँदै आएको स्वास्थ्य बीमा सेवामा कटौती गरेको छ।
स्वास्थ्य बीमा बोर्डले बुधबार एक सूचना जारी गर्दै आगामी जेठ १६ गतेदेखि लागू हुने गरी निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सम्पूर्ण बीमा सेवाहरू स्थगित गर्ने निर्णय गरेको हो। बोर्डको गत जेठ ११ गते बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको निष्कर्ष निकाल्दै अर्को निर्णय नभएसम्मका लागि निजी क्षेत्रबाट प्रदान गरिने सेवा रोक्ने निर्णय गरेको हो।
बोर्डले बुधबार सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि यो व्यवस्था कायम रहने जनाएपछि देशभरका सयौँ निजी स्वास्थ्य संस्थाहरूबाट बीमित नागरिकले पाउँदै आएका ओपीडी, प्रयोगशाला परीक्षण, शल्यक्रिया र औषधि जस्ता नियमित सेवाहरू पूर्ण रूपमा प्रभावित हुने भएका छन्। हाल सेवा प्रदायक संस्थाहरूलाई बोर्डले १६ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको स्थितिमा, निजी अस्पतालहरूले लामो समयदेखि सरकारले शोधभर्ना नगरेको, दाबी रकम अड्काएको र प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए, जसको अन्तिम असर सर्वसाधारणको स्वास्थ्य उपचारमा पर्न गएको छ।
निजी अस्पतालहरूले लामो समयदेखि सरकारले स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नगरेको, दाबी गरिएको रकम अल्झाएर राखेको र प्रक्रियागत झन्झट बढाएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए। रकम अभाव र व्यवस्थापकीय संकट चुलिएपछि बोर्ड अन्ततः निजी क्षेत्रको सेवा स्थगित गर्ने निर्णयमा पुगेको हो।
घामबाट आएर तुरुन्तै चिसो पानी पिउनु किन हानिकारक?
१८ मिनेट अगाडि