मङ्गलबार, १२ जेठ २०८३
मङ्गलबार, १२ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ १२ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भाटेढिकुरस्थित सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००४ क १२४१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको विदेह नगरपालिका–९ बैदेही स्टेशनमा जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको एनआर ६ युपी नम्बरको ट्रेनको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिलाको सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ सालघारी चोक बेलबासस्थित सडकमा काँकरभिट्टाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२२३ नम्बरको बसले बा. ८७ प ३४९९ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–२३ बस्ने अर्घाखाँची शितगंगा नगरपालिका–३ ठाडा घर भएका अन्दाजी ३५ वर्षीय अमृत बेल्वासेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दियाको राजापुर नगरपालिका–१० कोठियाघाट पुलस्थित सडकमा भे. १३ प २७५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मधुवन नगरपालिका–८ बस्ने ५५ वर्षीया सीता डाँगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सागर हस्पिटल नेपालगंजमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
किसानलाई मलको व्यवस्था नभएकोमा रास्वपा सांसद सिंहको आपत्ति
एक घण्टा अगाडि