बिहिबार, १९ कात्तिक २०८३
बिहिबार, १९ कात्तिक २०८३ · समसामयिक
काठमाडौं, कात्तिक १९ । नेपाल प्रहरीका निवर्तमान आईजीपी दानबहादुर कार्की सरकारको पदमुक्त गर्ने निर्णयविरुद्ध पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।
प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै कार्कीले निर्णय बदरको माग गरेका हुन्। उनको अझै १७ महिना कार्यकाल बाँकी रहेको जिकिर गरिएको छ। कार्कीको पक्षबाट नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ताहरू भीमार्जुन आचार्य र गोविन्द बन्दीलगायत कानुन व्यवसायीले बहस गर्ने तयारी गरेका छन्। यद्यपि, रिट निवेदन दर्ता प्रक्रिया सुरु भइसकेको छैन।
सरकारले कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरिसकेको छ। केसीले दर्ज्यानी चिह्न ग्रहण गर्नुका साथै पदभारसमेत सम्हालिसकेका छन्।
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी
३९ मिनेट अगाडि
अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
एक घण्टा अगाडि