सोमबार, १५ भदौ २०८३
आइतबार, ०३ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन ३ । विश्वकै ठूलो सामाजिक सञ्जाल फेसबुकमा आज दिउँसोदेखि अचानक प्राविधिक समस्या देखिएको छ। विगत दुई घण्टादेखि कम्प्युटर र ल्यापटपमा फेसबुकको 'वेब भर्सन' चल्न छाडेको हो।
कम्प्युटरमा फेसबुक खोल्न खोज्दा स्क्रिनमा "Account Temporarily Unavailable" (खाता अस्थायी रूपमा उपलब्ध छैन) भन्ने सूचना मात्र देखिने गरेको छ। उक्त सूचनामा प्राविधिक गडबडीका कारण अकाउन्ट नखुलेको र केही मिनेटपछि प्रयास गर्न भनिएको छ।
विश्वभरका वेबसाइटहरूको अवस्था ट्र्याक गर्ने पोर्टल 'डाउन डिटेक्टर' का अनुसार आज दिउँसो १:३० बजेदेखि फेसबुक डाउन भएको रिपोर्टहरू आउन थालेका हुन्। समस्या आएको दुई घण्टा बितिसक्दा पनि फेसबुकको मातृ कम्पनी 'मेटा' ले यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन।
यस प्राविधिक गडबडीका कारण नेपालसहित विश्वभरका लाखौँ प्रयोगकर्ताहरू सञ्चार र व्यावसायिक कामबाट प्रभावित भएका छन्।