logo-image

शुक्रबार, ०१ साउन २०८३

मेडिकल व्यवसायी दुर्गा प्रसाईं साधारण तारिखमा रिहा

मङ्गलबार, १२ जेठ २०८३ · समसामयिक

मेडिकल व्यवसायी दुर्गा प्रसाईं साधारण तारिखमा रिहा

 

वीरगञ्ज, जेठ १२ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं जिल्ला अदालत पर्साको आदेशपछि साधारण तारिखमा रिहा भएका छन्। जिल्ला अदालत पर्साका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार उनलाई साधारण तारिखमा छाड्न आदेश दिएको हो।

अदालतको आदेश लगतै प्रसाईं जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतबाट मुक्त भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उनीविरुद्ध साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो।

गत जेठ ४ गते वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ परेका प्रसाईंको हकमा यसअघि सर्वोच्च अदालतले थपिएको म्यादभित्रै मुद्दा चल्ने वा नचल्ने निर्णय गर्न आदेश दिएको थियो। सोही प्रक्रिया अन्तर्गत आज अदालतले उनलाई थुनामा नराखी अनुसन्धान अघि बढाउने गरी साधारण तारिखमा छाड्ने निर्णय गरेको हो।