सोमबार, १८ साउन २०८३
सोमबार, १८ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन १८। लुम्बिनी बचाउ महाअभियानले बुद्धको जन्मस्थलमा कोषका पदाधिकारीले गुरुयोजाना विपरित काम गर्दा अस्तव्यस्त भएको आरोप लगाएका छन् । सोमबार राजधानीको संवाद डबलीमा अभियानले पत्रकार सम्मेलनको आयोजना गरी लुम्बिनी विकास कोषलाई भ्रष्टाचार गर्ने थलो बनाएको दाबी गरेका छन् ।
अभियानका संयोजक अकरम खानले लुम्बिनीको धार्मिक, ऐतिहासिक तथा अन्तराष्ट्रिय महत्वलाई राजनीतिक भर्तिमार्फत भ्रष्टाचारको अखडा बनाईको भन्दै चिन्ता व्यक्त गरे । पदाधिकारीहरुले आफू अनुकुलका योजना मार्फत भ्रष्टाचार, व्यापार, व्यवसाय चलाउने कार्यले लुम्बिनीको प्रतिस्ठामाथि आँच आउन थालेकोले अफूहरुले सरकारलाई ध्यानकर्षण गएको खानले बताए ।
कोषका तत्कालिन उपाध्यक्ष अवदेश त्रिपाठी(मेत्तैया), ल्यारकल लामा, सदस्य सचिवहरु सरोज भट्टराई, सानुराजा शाक्य, दिपक श्रेष्ठ र वरिष्ठ निर्देशक ज्ञानिन राईहरुले अधिकारको दुरुपयो गर्दै विभिन्न बहानामा अरबौंको भ्रष्ठाचार गरेको उनको दाबी छ । आफूहरुले खबरदारी गर्दा पनि वेथिति बढेकोले छानविन र कारवाहिका लागि काठमाडौं आएको संयोजक खानेले बताए । अभियानका सह–संयोजक रामविकास चौधरीले कोषमा देखिएको बेथिति र भ्रष्टाचारको निष्पक्ष छानविन तथा दोषिहरुलाई कारावाहीको दायरामा वर्तमान सरकारले ल्याउने विश्वास रहेको बताए ।
लुम्बिनीको मौलिकता, धार्मिक तथा पुरातात्वीक महत्वलाई नै तोेडमोड गरेर पहिचानलाई नै मेटाउन उद्दत पादाधिकारीहरुलाई देश निकालासमेत गरिनुपर्ने चौधरीको माग छ । चौधरीले लुम्बिनी विकास कोषका प्रमुख पदमा योग्य स्थानीयलाई राख्दा मात्रै त्यसको अपनत्व र संरक्षण हुने दाबी गर्दैै भने,“विगत ५० वर्षदेखि स्वार्थ समूहरुको चलखेल र राजनीतिक भर्तिले गुरु योजना अलपत्र परेको छ ।” “हामीले लोकदर्शनदेखि ल्यार्केलसम्म देखिसक्यौं स्वच्छ र लुम्बिनी नबुझेको पदाधिकारी रहुन्जेल लुम्बिनी बन्दैन” चौधरीले थपे ।
‘बुद्धको अस्तु, मन्दिरका मूर्ति, इट्टा र माटोसम्म बेचिदा लुम्बिनीको पहिचानमाथि प्रश्न उठ्ने दिन नआउला भन्न सकिन्न’ चौधरीको कथन छ । अधिवक्ता सुदर्शन प्रधानले तत्कालिन कोषका उपाध्यक्ष ल्याक्याल लामा र सदस्य सचिव, दिपक श्रेष्ठ र काठमाडौंका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेललगायतको योजानामा अरबौं पर्ने विश्व शान्ति मण्डलालाई विदेश बेच्ने प्रयास गरेको बताए ।
अभियानका सदस्य घनस्याम गुप्ताले धार्मीक आस्थाको केन्द्र लुम्बिनीमा पूजा गर्न बालिने दियोलाईसमेत व्यापारिक फाइदा तथा कमिसन लिन ल्यार्केल लामा, दिपक श्रेष्ठ र ज्ञनिन राईहरुले टेण्डर गरेको भन्दै आपत्ति जनाए ।
पदाधिकारीहरुमाथिको आरोप
अवधेश त्रिपाठी (मेत्तैया)
१. कोष क्षेत्रभित्रको महायान पोखरीमा गुरुयोजना विपरीत अनाधिकृत ढंगबाट बुद्ध मूर्ति बनाउन दिइएको ।
२. विभिन्न प्लटहरू बदनियतपूर्ण ढंगले आफुखुसी वितरण गरेको ।
३. सोक्यो जापान लगायतका सम्झौताहरूको समयसीमाभित्र काम पूरा नगरेको भनेर सम्झौता खारेज गरिएको, तर अन्य गुम्बा तथा भौतिक संरचनाका लागि गरिएका थुप्रै संस्थाहरूसँगको सम्झौता अनिश्चित कालका लागि आफूखुसी कमिसनका लागि समयावधि बढाउँदै लगेको । लुम्बिनी विकास कोष विहार क्षेत्र विनियमावालीको सिधै उल्लङघन गरेको ।
४. मायादेवी मन्दिर परिसर वरिपरिको पोखरीका जीवजन्तुसमेत नष्ट गरी बनाइएको पोखरीमा करोडौँको टेन्डर निकालेर रकमको अपचलन गरेको ।
६. कोषभित्र चलाईएका निर्माण परियोजनाहरू विधि र प्रक्रिया मिचि सोटिङमा ठेक्का दिइएको ।
७. कोषभित्र निर्माण भइरहेका संरचनाहरू गुरुयोजना विपरीत बनाएको ।
८. मन्दिर जाने बाटोमा रहेको कफी सप र पुस्तक पसल नियमविपरीत सञ्चालन गरेको ।
९. क्रेन (सारस चरा) फाउन्डेसनको मनपरी ढंगबाट दुरुपयोग गरेको ।
१०. लुम्बिनी विकास कोषलाई विगत पाँच वर्षदेखि विभिन्न दाताहरूले दिएको रकम हिनामिना गरेकोे छ ।
११.उपाध्यक्ष जस्तो गरिमामय पदको दुरुपयोग गरी अन्य संस्थाबाट मासिक तलब बुझ्ने गरेको ।
१२.अदालतको आदेश उल्लङघन गर्र्दै धर्मीक स्थल लुम्बिनीमा दर्शनार्थी प्रवेश शुल्कको लागि टिकट व्यवस्था ।
ल्याक्र्याक्याल लामा
निवर्तमान उपाध्यक्ष ल्र्याक्याल लामाले लुम्बिनी धार्मीक तथा पुरातात्वीक महत्वको सम्पदा‘रामग्राम क्षेत्र’ प्रचण्ड निकट निकेश अधिकारीको ‘द प्रमिश ल्याण्ड प्रालिलाई लिजमा दिने निर्णय गरेको । धार्मीक तथा पुरातात्वीक महत्वको जीवन्त सम्पदा स्थल(बुद्ध जन्मस्थल) मायादेवी मन्दिरको कमिसनको खेलमा पुन डिजाइन र पुर्ननिर्माण गर्ने निर्णय गरेको जुन कानुन विपरित विषय हो । यदि उनि पुन नियुक्त हुन सफल भए अरबौंको अनियमितताको पूर्व योजना सफल बनाउने प्रयास गर्नेछन् । लामाले लुम्बिनी कोषलाई ७ करोड रुपैयाँ दान गर्ने भनेर बोर्ड मिटिङमै निर्णय गरे पनि हालसम्म नुझाएको ।
निमित्त सदस्य सचिव सरोज भट्टराई
अवधेशको पालामा गुरु योजानाको ठेक्कामा कमिसनको चलखेल गर्दै सरोज भट्टराई ८० लाख घुस काण्डमा मुछिएका थिए । उनि अहिले झण्डै २ वर्षदेखि निलम्बनमा परेका छन् । सो घुसकाण्डको मुद्धा सर्बोच्च अदालतमा बिचारधिन रहेको छ ।
सदस्य सचिव सानुराजा शाक्य
अवधेश र ल्याक्र्याल लामाको कार्याकालमा भएका सबै वेथिति र भ्रष्टाचारमा सदस्य सचिव सानुराजा शाक्यको प्रत्यक्ष सम्लग्नता रहेको तथा उनिहरुलाई गलत कर्य गर्न, गराउन सहयोग गरेको ।
दिपक श्रेष्ठ र ज्ञानिन् राई
तत्कालिन सदस्य सचिव रहेका दिपक श्रेष्ठ र वरिष्ठ निर्देशक ज्ञानिन राईको मिलेमतोमा एक भियत्नामी महिलाले मायादेवी मन्दिरमा चढाएको हिरा, सुन, सुनका ३ थान औंठी, चाँदीका ३ जोर खराउलगायतका बहुमूल्य बस्तुहरु गायब गराएको । सन २०२६ फेब्रुहरी १७ को सिसिटिभि फूटेजबाट प्रमाणित भएको छ ।
कोषका यी पदाधिकारीहरुले कोषो पूर्वनिर्धारित गुरु योजनालाई कार्यान्वयन गर्नभन्दा देशी तथा विदेशीहरुसँगको मिलेमातोमा लुम्बिनिलाई ‘सुनको अण्डा दिने चरा’ जस्तै प्रयोग गार्दा लुम्बिनी तहसनहस भएको लुम्बिनी बचाउ महा अभियानको दाबी छ ।