logo-image

बुधबार, २७ साउन २०८३

सल्यानमा बोलेरो जीप भेरी नदीमा खस्यो: दुई जना घाइते, चालकसहित दुई बेपत्ता

बुधबार, २७ साउन २०८३ · समसामयिक

सल्यानमा बोलेरो जीप भेरी नदीमा खस्यो: दुई जना घाइते, चालकसहित दुई बेपत्ता

 सल्यान, साउन २७ । जिल्ला सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट चालकसहित चार जना सवार लु १ ज ३०२२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई करिब २० मिटर तल भेरी नदीमा खसेको छ।

दुर्घटनामा दुई जना बोलेरो जिपसहित भेरी नदीमा बेपत्ता भएका छन्। घाइते भएका वनगाड कुपिण्डे नगरपालिका–१, आपखोली बस्ने अन्दाजी २९ वर्षीय प्रेम बि.क. र अन्दाजी २१ वर्षीय खुमलाल बुढाथोकी रहेका छन् । बेपत्ता हुनेमा जीप चालक जिल्ला दाङ बस्ने अन्दाजी २३ वर्षीय हेमराज बि.सी. र जिल्ला सल्यान, सिद्धकुमाख गाउँपालिका–४ बस्ने अन्दाजी ४३ वर्षीय खलबहादुर राना रहेका छन्।

घाइते दुवै जनाको सल्ली सिटी अस्पताल, सल्लीबजार, सल्यानमा उपचार भइरहेको छ। बेपत्ता चालक हेमराज बि.सी. र खलबहादुर रानाको खोजी तथा उद्धार कार्य जारी रहेको छ। थप विवरण आउन बाँकी रहेको छ।